• २०८३ बैशाख ८ गते मङ्गलवार

कर्णाली नदीमा जिप खस्यो, दुई जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, १५ कैलाली। कैलालीको कर्णाली नदीमा स्कारपियो गाडी (जिप) खसेको छ। नदीमा स्कारपियो खस्दा दुई जना बेपत्ता भएका छन्। पाँच जना सवार रहेको स्कारपियो नदीमा खस्दा २ जना बेपत्ता भएको बताउँदै खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको स्कारपियो चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टिएको प्रहरीले जनाएको छ। जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा स्कारपियो कर्णालीमा खसेको हो।

गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको छ भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले बताए।

प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा११च ९३८ नम्बर उल्लेख भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस