साउन १२, दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एसपी आएपछि ४४ जना फरार अपराधीहरु पक्राउ परेका छन ।
उहाँ आएदेखि बिभिन्न मुद्धामा फरार रहेका तिन दर्जन बढिलाइ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले आफु आएको २५ दिनमा ४४ जना फरार अपराधी पक्राउ गरेको जानकारी दिए । प्रहरीले ब्राउनसुगर ४८६ ग्राम सहित १९ जना, १४ मोटरसाईकल चोरी गर्ने १८ जना, २३ जना जुवाडे पक्राउ गरेको छ । त्यस्तै प्रहरीले रेडपान्डाको छाला सहित ३ जना,बढी भार बोक्ने १२० टिप्परलाई कारबाही,चरेश १० केजि सहित २ जना र बाघको छाला सहित २ जना पक्राउ गरि कारबाही गरेको दाङ प्रहरी प्रमुख एसपि काफ्लेले जानकारी दिनुभएको छ ।