• २०८३ मङ्सिर ५ गते शुक्रवार

अबैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाँउ स्थित सडकबाट ७ ग्राम ६६ मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर सहित सोही उपमहानगरपालिका-६ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१२ घर भएका २७ वर्षीय राज कुमार वलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट तुलसीपुरतर्फ आउदै गरेको रा।१ ख १७१८ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको साथबाट उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा र वन्य जन्तुको जस्तो देखिने १ थान सिङ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका(२ बस्ने ४८ वर्षीय बिष्णु हरि अर्याल र सोही ठाउँ बस्ने २४ वर्षीय सरोज अर्याल रहेका छन् ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना।६ ख ४५५ नम्बरको ट्रकलाई प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त वस्तु र गाँजा सहित फेला पारी ट्रक चालक विष्णु र ट्रकमा सवार सरोजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस