• २०८३ असार १४ गते आइतवार

ब्राजिलमा एकै दिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौं, ९ साउन । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका हुन्।

ब्राजिलमा विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका थिए। हाल मृत्यु हुनेको संख्या त घटेको छ तर सङ्क्रमितहरू भने झनै बढेका छन्।

यहाँ शुक्रबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ८ हजार जनामा सङ्क्रमण भेटिएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरूको संख्या १ करोड ९६ लाख पुगेको छ।

यहाँको जनजीवन पनि निकै प्रभावित भएको देखिएको छ। त्यसैगरी गएको २४ घन्टामा यहाँ यो सङ्क्रमणबाट १ हजार ३२४ जनाको ज्यान गएको छ। यो संक्रमणबाट अहिलेसम्म ब्राजिलमा ५ लाखभन्दा बढीको ज्यान गएको बताइएको छ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख ४८ हजार ९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ। त्यसैगरी मृत्यु हुनेहरूको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ।

ब्राजिलको साओ पाओलो शहर शुरूदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ। ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस