• २०८३ बैशाख २० गते आइतवार

दुईनाले भरुवा बन्दुक सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

साउन ७, कास्की । पोखरा महानगरपालिका-१ बगरस्थित ग.१ च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुक सहित कार चालक सोही महानगरपालिका-१६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उक्त कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस