• २०८३ जेष्ठ २९ गते शुक्रवार

कमैया एंव हलिया मुक्ति आन्दोलनका राष्ट्रिय अगुवा पूर्व सासद श्रीपाईली सम्मानित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, कैलाली । सूदूरपश्चिमको मानवअधिकार,सामाजिक न्याय,दलित एंव,कमैया,कमलरी हलिया मुक्तिको आन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरी कमैया मुक्ति अधिकारमुखी आन्दोलनमा विशिष्ट योगदान पुर्याए वाफत संविधान सभा सदस्य तथा दलित एंव कमैया, हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई शनिवार सम्मान गरिएको छ ।

कमैया मुक्ति आन्दोलनमा बिशिस्ट पुर्‍याएको योगदानको कदर गर्दै २१ औँ मुक्त कमैया दिवसको अवसरमा शनिबार कैलालीको टिकापुरमा मुक्त कमैया तथा बडघर संजाल,टिकापुरले उनलाई सम्मान गरिएको हो । पूर्व सासद श्रीपाईली २०५१ साल देखि कमैयाहरुलाई संगठित,सुसूचित,जागरण,सचेतना,दिदै मुक्ति आन्दोलन र पुर्नस्थापना का लागि निरन्तर कृयाशिल राष्ट्रिय अभियन्ता हुन ।

दलित अधिकारका लागि राष्टिय संजालका केन्द्रीय अध्यक्ष समेत रहेका श्रीपाईली नेपाल सरकारको मुक्त हलिया पुर्नस्थपना कार्यदलका केन्द्रीय संयोजक समेत रहिसकेका छन् । उनकै कार्यकाल र अगुवाईमा सुदूर तथा मध्यपश्चिममा रहेका हजारौ हलियाहरुले मुक्ति पाएका थिए । सम्मानित भएपश्चात श्रीपाईले भने आफू सदैब दलित,कमैया,हलिया,कमलरी र शोषित पिडीत सिमान्तकृत समुदायको अधिकारका लागि सदा आवाज उठाउने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस