असार ३१, बारा । नेपाल प्रहरीका एक असईको ट्रकको ठक्करबाट मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
प्रदेश २–०३–००१ ख-७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरीले जनाएको छ ।