• २०८३ भाद्र २३ गते मङ्गलवार

परिसूचक नेप्से ११ अङ्कले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१,काठमाडौँ। शेयर बजार परिसूचक मापक नेप्से आज ११ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज व्यापार समूहको शेयर २८ दशमलव ७१ अङ्कले, हाइड्रोपावरको ५६ दशमलव १४ अङ्कले, फाइनान्सको ४७ दशमलव ८९ अङ्कले, निर्जीवन बीमाको ३६ दशमलव २६ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ४५ दशमलव ७१ अङ्कले बढेको छ । आज होटल र पर्यटन समूहको शेयर भने ५० अङ्कभन्दा धेरैले घटेको छ ।

आज दुई सय २३ कम्पनीका पाँच करोड ८५ लाख कित्ता शेयर आठ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस