• २०८३ साउन २९ गते शुक्रवार

एमालेको शनिबार ‘गुह्येश्वरी-धाप ड्याम यात्रा’, ओलीले सम्बोधन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ४, काठमाडौं । नेकपा एमालेले ‘गुह्येश्वरी-धाप ड्याम यात्रा’ गर्ने भएको छ । एमालेले भोलि शनिबार गुह्येश्वरीदेखि धाप ड्यामसम्म यात्रा गर्ने भएको हो ।

यात्रामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत सहभागिता जनाउने एमाले काठमाडौँ जिल्ला कमिटीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी-धाप ड्याम यात्रा’ गर्न लागेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए । उनले भने, ‘भोलि बिहान १० बजे पार्टी अध्यक्षको नेतृत्वमा धाप ड्यामतर्फ जानेछौं, करिडोर, सुन्दरीजल हुँदै ड्याम जाने छौं र त्यहाँबाट आलापोटमा आएर सभामा परिणत हुनेछौं । त्यहाँ पार्टी अध्यक्षले सम्बोधन गर्नुहुनेछ ।’

May be an image of text that says 'जनताको बहुदलीय जनवाद-जिन्दाबाद! "गुहयेश्वरी-धाप ड्याम यात्रा" नेकपा (उमाले) का श्रद्धेय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माननीय केपी शर्मा ओली ज्यूको प्रत्यक्ष सहभागितामा सम्पन्न हुने "गुहयेश्वरी- डयाम यात्रा मा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछीं। कार्यंक्रम: मति २०5० फागुन गते, शनिवार यात्रा शुरू हुने स्थान: पशुपति गुहयेश्वरी समय विहान ठिक ०९:०० बजे समापन सभा फु्यॉल गाउँ चौर, आलापोट, कागेश्वरी मनोहरा-२, काठमाडी समय दिनको ०२:३० बजे (विविध सास्कृतिक कायक्रम सहित) आयोजक नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडी जिल्ला कमिटी'

आयोजकका अनुसार यात्रा बिहान ९ बजे पशुपति गुह्येश्वरीबाट सुरु हुनेछ । धाप ड्याम जस्ता निर्माणका कामहरू सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गर्न लागेको अध्यक्ष निरौलाले बताए । उपत्यकामा पानीका स्रोतहरूको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउनका लागि यस्ता ड्यामहरू उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको पनि उनको भनाइ छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस