• २०८३ भाद्र २३ गते मङ्गलवार

युवा संघले ब्युँतायो यूथफोर्स

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन युवा संघले यूथफोर्स ब्युँताएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा संघका इञ्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले यूथ फोर्स क्षितिज थेवेको नेतृत्वमा ब्युँतिएको घोषणा गरेका हुन्।

संघका अध्यक्ष किरण पौडेलले फैसलाविरुद्ध जुध्न यूथफोर्ससमेत ब्युँताउँदै प्रतिवाद गर्ने निर्णय गरिएको बताए। उनले भने, ‘आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म लडिरहनेछौं। कुनै पनि हालतमा हामीलाई फैसला स्वीकार्य छैन। अदालतले गरेको फैसला असंवैधानिक, गैरन्यायिक फैसला, नेपाली जनता र युवा र देशको भविष्यको निम्ति खतरा रहेकोसमेत अध्यक्ष पौडेलले बताएका छन्।

उनले भने, ‘यसले द्वन्द्व, अस्थिरता र राजनीतिक भ्याकुम निर्माण गर्ने देखिन्छ। देशको हित नचाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वले उक्त फैसला गराएको भन्दै देशलाई अविच्छिन्न आन्दोलनको रणभूमि बनाउने डिजाइन भएको उनले बताएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस