असार २९, एजेन्सी । इराकी अस्पतालको कोरोना भाइरस आइसोलेसन वार्डमा आगलागी हुँदा ४० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । नसिरियास्थित अल हुसैन अस्पतालमा लागेको आगो सोमबार बेलुकी मात्रै निभाइएको छ ।
आगलागीको कारण अक्सिजन ट्यांक पड्किएको आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । स्वास्थ अधिकारी हैदर अल जामिलीले अस्पतालको अझै पनि मानिसहरु थुनिएको हुनसक्ने भय रहेको बताए, यस वार्डमा ६० जना मानिस अट्न पुग्ने ठाउँ रहेको बताइएको ।