असार २९, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुनेबारे छलफल गरिरहेको छ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका हुन्।

आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ। एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो। उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ। यसअघि सोमबार स्थायी कमिटी बैठक बोलाइएको थियो। सर्वोच्चको फैसला आएपछि हिजोको बैठक औपचारिक रूपमा बस्न सकेन।
एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो। तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने तामाङले बताए।