असार २७, वाग्लुङ । प्रहरीले १ थान एक नाले भरुवा बन्दुक सहित आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिवाखोला वाग्लुङबाट खटीएको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रहरीले १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा सहित निसिखोला गाउँपालिका-४ माझपाखा बस्ने सोही गाउँपालिका(३ घर भएका ४० वर्षीय दल बहादुर चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । यस्तै निसिखोला गाउँपालिका-४ थापागाउँ बस्ने ४६ वर्षीय नर बहादुर कुँवरलाई समेत १ थान एक नाले भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।