असार २७ मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउपालिका वडा नं ३ का एक युवाले प्राथमिक स्वास्थ्य केन्द्र लाखौ मुल्य बरावरको स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेका छन् । मिराइ ग्लोबल एजुकेशन एण्ड भिजा सर्भिस नेपालको सहयोग र खत्याड गाउपालिका ३ बरातु गाउँका युवा समाजसेबी अनिल बानियाको एकल पहलमा स्वास्थ्य सामाग्री सहित खाद्यान्न पनि सहयोग गरिएको हो ।

कोरोना भाईरस लाई लक्षित गरि सो सामग्री हस्तानतरण गरिएको बताए । सहयोगमा अक्सिजन सिलिन्डर ५, अक्सिजन कन्सेक्ट्र ५ थान, पिपिई २ सय सेट, माक्स २ हजार पिस, सेनीटाइजर ४० लिटर, हेण्ड वास्ट २० लिटर, फिनेल २० लिटर, भाइजर र पुट २ सय पिस, कोभिड किट ४० वटा, होम आइसोलेसन बस्नेको लागि कोभिड किट ५० थान, लगायतका स्वास्थय सामाग्रीहरु सहयोग गरेका हुन् ।

शुक्रबार प्राथमीक स्वास्थ्य केन्द्रमै गएर उक्त सााग्रीहरु चिकित्सक र स्वास्थ्यकर्मीको रोहबरमा हस्तान्तरण गरिएको बानीयाले जानकारी दिए । दुर्गमका जनतालाइ अकालमा मृत्यु हुन नदिनका लागि दुर्गका नागरिक लाई श्वास रहन्जेल सम्म आस हुन्छ भने जस्तै केही घाउमा मलम लगाउने प्रयास गरेको मनकारी बानियाले भने ।

स्वास्थ्य केन्द्रलाइ कोभिड अस्पतालको रुपमा प्रयोग गरिएको र एक कलिला युवाले देश बिदेशमा पहल गरि यति धेरै स्वास्थ्य सामाग्री सहयोग गरेकोमा हामी स्वास्थ्यर्कीको कोभिड संग जुध्ने हौसला थपिएको कोरोना महामारीमा खटिएका डाक्टर रामु सापकोटाले बताए । बानीयाले गत साता गाउपालिका भित्रकै बिभिन्न गाउँबस्तीमा रहेका अपांग, एकल महिला, अनाथ बालबालीका, दलित र गरिब बिपन्न परिवारवाई कोभिड—१९ राहात स्वरुप २ सय बोरा चामल, १ सय ५० पोका नुन लगायत खाद्ययान्न बितरण गरेका थिए ।
