• २०८३ जेष्ठ ३ गते आइतवार

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौं । बैतडी, पाटन नगरपालिका-१ सकार बस्ने ३६ वर्षीय नारद प्रसाद भट्टराई र सोही ठाउँ बस्ने ३८ वर्षीय लक्ष्मण भट्टराईलाई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले वन्यजन्तुको शिकार गर्दछन् भन्ने बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही ठाउँस्थित सकार जंगलमा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गौरीगंगा नगरपालिका(७ महुलियास्थित निराजन सामुदायिक वनभित्र लुकाई राखेको २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ४४ थान फलामको गोली, १३ थान केभ र अन्दाजी १ सय ग्राम बारुद बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

वनभित्र सरसफाई गर्ने क्रममा कुसुमको रुखको प्वालभित्र भरुवा बन्दुक फेला परेको भन्ने खबर प्राप्तसाथ ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस