• २०८३ बैशाख १७ गते बिहिवार

लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, बाँके । बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका-३ लालापुरबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस