• २०८३ जेष्ठ ८ गते शुक्रवार

रातभर बर्षा आएपछी घोराही तुलसीपुरको सवारी आवतजावत ठप्प

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार २३, दाङ । रातभर वर्षातका कारण खोलामा बाढी आएपछि घोराही तुलसीपुर आवागमन रोकिएको छ । घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर–७ कालाखोलामा पानीको सतहले पुलमाथि आएपछि अहिले आवागमन रोकिएको हो ।

खोलामा आएको बाढीका कारण गन्तव्यमा हिडेका यात्रुहरु रोकिएका छन् । सवारीको जाम लागेको छ ।अहिले तत्कालकै खोला कम हुने संभावना नरहेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का सदस्य रामबहादुर जीसीले जानकारी दिनुभयो ।

ठुला सवारी साधन संचालन भएपनि साना सवारी साधन संचालन हुन समय लाग्ने उहाँले बताउनुभयो । यस्तै पत्रेखोला, हापुर खोलामा आएको बाढीले साना तथा मझौला सवारी साधन आवागमनमा असहजता देखिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस