• २०८३ जेष्ठ ७ गते बिहिवार

एमाले कार्यदल सहमतिनजिक, ओली र माधवलाई भेटेर अन्तिम रुप दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौं । नेकपा एमालेको आन्तिरक विवाद मिलाउन समाधानउन्खुम भएको छ । विवाद समाधान कार्यदलत एकताको सहमतिनजिक पुगेको हो ।जारी छलफल भोलिसम्म टुंगोमा पुग्ने विश्वास रहेको कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

अब, कार्यदलमा रहेका नेताहरूले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमतिलाई अन्तिम रुप दिने बताइएको छ । बुधबार सिंहदरबारमा बसेको बैठक निष्कर्षजनिक पुगेको दुवै पक्षका नेताहरूले बताएका छन् । ओली र नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ ।

भोलि बिहान ११ बजेका लागि पनि बैठक बोलाइएको छ । भोलिको बैठक नै अन्तिम बैठक बनाउने उनीहरूको तयारी छ । ज्ञवालीले भन्नुभयो, ,‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ ।’ बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य रहेका छन् ।

त्यस्तै, ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस