• २०८३ बैशाख १६ गते बुधवार

भक्तपुरबाट ११ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, भक्तपुर। प्रहरीले भक्तपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका-२ दुवाकोट फोक्सिङटार डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीको कोठामा तास खेलिरहेका अवस्थामा भण्डारी लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २४ हजार २ सय ४० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस