असार २२, एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा नेयमारको पासमा लुकास पाक्केटाले विजयी गोल गरे । ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।