असार २०,बाँके । अबैध रूपमा भन्सार छलि ल्याएर नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह बस्ने ३२ वर्षीय मोनु कवडियाको सोही उपमहानगरपालिका-७ एमपिस्कुल नजिक कोठामा लुकाई राखेको करिब ८ लाख रुपैयाँ बराबरको मोटरसाइकल तथा गाडीका पार्टपूर्जा र कपडा शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
उनको कोठामा अबैध भन्सार छलिको सामान राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरेको हो । हाल फरार कवडियाको प्रहरीले खोजी गरिरहेको छ । बरामद सामान भन्सार कार्यालय बाँकेमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।