• २०८३ बैशाख ५ गते शनिवार

गाउँपालिका अध्यक्षको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २०, सर्लाही। सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । गाउँपालिकाको वडानम्बर १ का अध्यक्ष दिनेश मिश्रका अनुसार अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस