• २०८३ जेष्ठ ३ गते आइतवार

युरोकप फुटबल : इंग्ल्यान्ड र युक्रेनको भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज शनिबार राति युक्रेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटाली रोमको स्टाडियो ओलम्पिकोमा राति १२ः४५ बजे सुरु हुनेछ ।

आज इंग्ल्यान्ड र युक्रेन जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । यस्तै युक्रेनले भने स्विडेनलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

युक्रेनलाई हराएर इंग्ल्यान्ड २५ वर्षपछि पहिलो पटक युरोकपको सेमिफाइनलमा पुग्न चाहन्छ । सन् १९९६ पछि इंग्ल्यान्ड सेमिफाइनल पुग्न सकेको छैन ।इंग्ल्यान्ड र युक्रेनबीच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ ।

यस्तै आजै भएको चेक रिपब्लिक र डेनमार्क बिचको क्वाटरफाइनल खेलमा चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २(१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

https://khabar24nepal.com/07/03/2021/77164

Sharing

प्रतिक्रिया दिनुहोस