• २०८३ मङ्सिर २ गते मङ्गलवार

थप २३२८ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, काठमाडौं । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ ।

मन्त्रालयका अनुसार यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएका छन । हालसम्म निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।यस्तै पछिल्लो चौबिस घण्टामा थप १९ जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस