• २०८३ असोज १८ गते आइतवार

कांग्रेस महाधिवेशन : युवाको उचित प्रतिनिधित्व खोज्दै प्रतिनिधिहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं ।   नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टीमा युवाहरूको प्रतिनिधित्व बढ्ने विश्वास अधिकांश सहभागी प्रतिनिधिहरूले व्यक्त गरेका छन्। आइतबार काठमाडौंमा सुरु भएको महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीलाई नयाँ पुस्ताको सोच र नेतृत्वसँग जोड्न युवाहरूको सहभागिता र प्रतिनिधित्व बढाउनुपर्ने धारणा राखेका छन्।

उनीहरूले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीको संगठन र नेतृत्वमा युवा पुस्तालाई थप अवसर दिनुपर्ने बताएका छन्। महाधिवेशनबाट युवा पुस्ताको उल्लेख्य सहभागिता हुने र त्यसले पार्टीलाई नयाँ ऊर्जा तथा गति दिने विश्वास सहभागी प्रतिनिधिहरूको छ।

Sharing

प्रतिक्रिया दिनुहोस