• २०८३ जेष्ठ २८ गते बिहिवार

युरोकप फुटबल : स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा तीन पटकको च्याम्पियन स्पेन स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्यो ।

खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । तर, खेलको ६८ औं मिनेटमा रिमो फ्रिउलरको पासमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए ।

अब स्पेनले सेमिफाइनलमा बेल्जियम र इटालीबीचको विजेतासँग खेल्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस