• २०८३ बैशाख ७ गते सोमवार

पर्सामा हात्तीको आक्रमणबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८,पर्सा । बारामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेलको मृत्युु भएको हो ।

खेतमा काम गरिरहेका पटेललाई बिहान पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट नै हात्ती आएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस