• २०८३ बैशाख २० गते आइतवार

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जना संक्रमित, संक्रमितको कुल संख्या ६ लाख ७३ हजार ७ सय ४९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, काठमाडौं । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८ सय ९२ जना संक्रमित संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार  ११ हजार ५६८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितको कुल संख्या ६ लाख ७३ हजार ७४९ पुगेको छ । भने ३ हजार ५९७ जना डिस्चार्ज भए सँगै डिस्चार्ज हुनेहरुको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ५६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ३२ हजार ९४४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४१ संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस