• २०८३ बैशाख १८ गते शुक्रवार

दाङमा प्रहरीद्धारा पाँच जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६,दाङ। प्रहरीले दाङको तुलसीपुर कट्कुईयाँमा जुवाको खालबाट पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खेलिरहेका बेलुवाका केशव विक, समिशर केसी, कट्कुईयाका इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गाप्रसाद डाँगीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट एक लाख नगद समेत बरामत गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस