• २०८३ जेष्ठ ५ गते मङ्गलवार

 सिरहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, सिरहा । सिरहा नगरपालिका-१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका-१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको छ ।

स-त ३९७२ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस