• २०८३ मङ्सिर ८ गते सोमवार

युरोकप फुटबल : स्विडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो  ।

खेलको २७ औं मिनेटमा यार्मोलेन्कोको पासमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा इसाकको पासमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १-१ को बराबरीमा ल्याए । यस्तै खेलको ९८ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।

रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा जिन्चेन्कोको पासमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोलि बनेको छ ।  यस खेलसँगै युरोकपको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस