• २०८३ असोज १६ गते शुक्रवार

थप २६३६ मा कोरोना संक्रमण पुष्टि, २० जनाकाे मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडाैं । पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस