• २०८३ बैशाख ६ गते आइतवार

३८ लाख ८० हजारको अक्सिजन प्लान्ट अस्पतालको कुनामा थन्कियो

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

असार १३, मुगु । जिल्ला अस्पताल मुगुमा २ महिना अघि आइपुगेको अक्सिजन प्लान्ट नामको मेसी अस्पतालको एउटा कुनामा थन्किएको छ । गत बैशाख २४ गते अस्पतालमा आइपुगेको उक्त मेशिन हाल सम्म प्रयोग बिहीन बन्दा अस्पतालको कुनामा थन्किएको हो ।

कोरोना महामारी लाइ लक्षीत गर्दै प्रदेश सरकार सामाजीक बिकास मन्त्रालयले कर्णाली प्रदेशका ८ जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट ब्यवस्थापन गरेको थियो । उक्त मेशीन खरिद प्रक्रियामा गडबडी गरी अक्सिजन प्लान्टको नाममा कम्शल अक्सिजन सिस्टम जेनेरेटर नामको सामान खरिद गरिएको भन्दै बिभिन्न संचार मध्याममा समाचार प्रकाशित भए संगै बिबाद बढे पछि कर्णाली प्रदेश संसदीय लेखा समीती र अख्तियारले तत्काल छानबिन सुरु गरका हुन ।

उक्त छानबीन प्रकृया कती अगाडी बढेको हो हाल सम्म कुनै जानकारी यस कार्यालयमा नभएकोले सामान जडानमा ढीलाइ भएको स्वास्थ्य सेवा कार्यालय मुगुकी प्रमुख करुणा भट्टराइले जानकारी दिईन । प्रदेश संसदिय लेखा समितीले अक्सिजन सामान जडान सम्बन्धि थप जानकारी नगराए सम्म जडान कार्यको कुनैपनि प्रकृया अगाडी बढाउन नसकीने उनको भनाइ छ । प्रदेशले हामीलाइ जे निर्देशन गर्छ त्यही अनुसार अगाडी बढ्ने उनले बताइन ।

अक्सीजन जडानका निम्ती पाइप लाइनको सामान पनि नभयको र उक्त पाइपलाइन खरिदका लागि जेठ महीनामै २ पटक सम्म सूचना प्रकाशन गर्दा समेत सामान खरिदको लागि कुनै कम्पनीको निबेदन नपरेको उनले बताइन । छानबिन प्रकृयाको हाल सम्म टुङ्गो नलाग्दा ३८ लाख ८० हजारको मेशिन अस्पतालको कुनामा थन्कीयको छ । भने पाइपलाइन खरिदको लागि छुटाइएको १५ लाख रकम समेत आर्थिक बर्ष सकिनै लाग्दा फ्रिज जाने भएको छ । जेठ १६ गते प्रदेश संसदिय समीतीले अक्सिजन प्लान खरिदको सम्पूर्ण कागजात जिल्लाबाट मगायको र अझै सम्म सामान जडान बिषयमा नबोलेको अवस्थाले गर्दा मेशिन जडान प्रकृया अन्योल बनेको छ ।

यसरी दुर्गमका जनताको स्वास्थ्य संग जोडीयर आयको लाखौँ रकम बजेट र उपकरणहरु बर्षैनी अलपत्र हुने गरेको जानकारहरु बताउछन् । दुर्गम मुगुको अस्पतालमा २ महीना अघी पुगेको झन्डै आधा करोड रकम बराबरको अक्सीजन प्लान्ट नामको अक्सिजन सिस्टम जेनेरेटर सामान महीनौ देखि कुनामा थन्कीयको अवस्थामा छ । तर सम्वन्धित सरोकारवाला सबै निकायहरु यस बिषयमा महुन अवस्थामा बसेको स्थानियको आरोप छ ।

जिल्लामा लाखौँको सामान थन्कीयको छ भने अस्पतालमा रहेका खाली अक्सिजन शिलीन्डरहरु भर्नकालागि नेपालगंज लगायतका सहरमा पठाउनु पर्ने अवस्था छ । सामानको पूरै भुक्तानी भइसकेको गत बैशाख २४ गते अक्सीजन प्लान्ट नामको सामान मुगु अस्पताल आइपुगे पछि बैशाख २८ गते बिभूती मेडीटेक इन्टरनेश्ल सप्लायर्स लाइ ३८ लाख ८० हजार रकम भुत्तानी गरिएकोको जिल्ला स्वास्थ्य सेवा कर्यालय मुगुका तत्कालीन लेखा अधिकृत शुरेश कुमार केसीको भनाइ छ ।

सामानको भुक्तानी दिदाको समयमा कार्यालय प्रमुखमा ज्ञानसिंह बुढा र लेखापालमा शुरेस कुमार केशी रहेका थिए । हाल कार्यालय प्रमुख र लेखापाल दूबै नयाँ छन् । उक्त मेसीनको मूल्य २० लाख ४३ हजार मुल्य परेको भन्सार प्रज्ञा पत्रमा बिरगंज भन्सारले प्रमाणीत गरेको कागज आफु संग भएको बिभूती मेडीटेड इर्टनेश्नल सप्लायर्सका संचालक बिकास सापकोटाले बताए । यो मेसीन चिनको जिनानको मेडीटेक कम्पनीमा खरिद गरीएको र भारतको कलकत्ता हुदै बिरगंज भन्सार सम्म, भन्सार खर्च ढुवानी समेत गरेर सामान मुगु पुग्दा सम्म ३३ लाख ५० हजार खर्च पुगेको उनको भनाइ छ । सम्झौता अनुसारको सामान मुगु पुगाइ सकेपछि पुरै भुक्ताी लियि सकेको उनको भनाइ छ ।

काठमांडौ देखि मुगु ६ पटकको आउने जाने भडा र अन्य खर्च प्राबीद्यीक खर्च समेत जोड्दा ३९ लाख ७९ हजार खर्च पुगेको सापकोटाले बताए । गत मंसीर १८ गते अस्पतालमा अक्सीजन प्लान्टका खरीदका लागी सूचना बोलपत्र आवहान गर्दा बिभूती मेडीटेड इन्र्टनेश्नल सप्लायर्स को मात्रै एकल दर्खास्त परेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस