• २०८३ असार ७ गते आइतवार

युरोकप फुटबल : पहिलो हाफमा बेल्जियमलाई अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको चौंथो खेलमा अहिले बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा भईरहेको छ । स्पेनको सेभियामा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियमले १-० गोलको अग्रता बनाएको छ ।

खेलको ४२ औं मिनेटमा थोमस मुनिएरको पासमा थोर्गन हाजार्डले बक्स बाहिरबाट गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् ।

आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यमा रहेका छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस