• २०८३ असार १२ गते शुक्रवार

कतारी धावकको दुर्घटनामा निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, एजेन्सी । कतारी धावक अब्देल्लाह हरुनको सडक दुर्घटनामा परेर निधन भएको छ । दोहामा कार दुर्घटनामा परेर धावक हरुनको निधन भएको हो ।

कतार एथलेटिक्स फेडेरेसनका अध्यक्ष मोहमद इसा अल फदलाले उनको दुर्घटनामा निधन भएको जनाएका छन् । २४ वर्षीय धावकले २०१७ को विश्व च्याम्पियनसिपको ४ सय मिटरमा कास्य पदक जितेका थिए । सन् २०१८ को एसियन गेम्समा स्वर्ण विजेता हरुनले विश्व इन्डोर च्याम्पियनसिपमा रजत जितेका थिए । सुडानमा जन्मिएका उनी २०१५ मा कतारी नागरिक बनेका थिए ।

इन्डोनेसियाको जकार्तामा भएको एसियन गेम्सले उनले ४ गुना ४ सय मिटरको रिलेमा समेत स्वर्ण जितेका उनी टोकियोमा आयोजना हुने ओलम्पिक खेल्ने तयारीमा रहेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस