• २०८३ बैशाख २७ गते आइतवार

प्रधानमन्त्रीद्वारा संविधान विरोधीविरुद्ध एकजुट हुन आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३ , काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् । अहिले बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । उक्त बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।

संसदमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी नेमकिपा को सहभागिता छ । यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस