• २०८३ बैशाख २२ गते मङ्गलवार

पहिलो हाफमा डेनमार्कलाई अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा अहिले वेल्स र डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले १-० गोलको अग्रता बनाएको छ ।

खेलको २७ औं मिनेटमा मिकेल डाम्सगार्डको पासमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका हुन् । डेनमार्क समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । वेल्स समूह ए को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस