• २०८३ बैशाख ८ गते मङ्गलवार

चन्द्रागिरि नगरपालिका १० मा एकै दिनमा तीन ठाउँमा चोरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११,काठमाडौं । चन्द्रागिरि नगरपालिका १० मा एकै दिनमा तीन ठाउँमा चोरी भएको छ । चन्द्रागिरि नगरपालिका १० अन्तरगत वोसी गाउँमा रहेको २ ओटा सहकारी रएक मिनीमार्टमा चोरी भएका छ ।

वोसी गाउँमा रहेको जयमा लक्ष्मी वचत तथा ॠण सहकारी, वोसी गाउँ वहुउदेश्य सहकारी संस्था लि र खुसी -डासी मिनीमार्टमा एकै पटक चोरी भएको हो । जयमा लक्ष्मी सहकारीमा ७ देखी ८ लाख नगद सेफ फोरेर चारी भएको हो ।

यस्तै, वोसी गाउँ बहुउदेश्य संस्थाको कम्प्युटर र हार्डडिक्स चोरी भएको छ भने खुसी-डासी मार्टबाट नगद लगायत मार्टको सामान चोरी भएको छ । चोरी रातीको समयमा भएको अनुमान लगाएको छ ।
प्रहरीले सो सम्धमा अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस