असार ९, बर्दिया । मधुबन नगरपालिका-५ गाउँ नम्बर एघारबाट १ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय किरण थापा मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।