• २०८३ जेष्ठ ६ गते बुधवार

रोल्पामा पहिरोले एकै परिवारको तीनको मृत्यु, तीन घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण रोल्पामा पहिरो जाँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार रोल्पा नगरपालिका–ह्वामा गाउँ ढाम्पा टोलस्थित स्थानीय ४० वर्षीय टीकासिंह बूढामगरको घरमाथि पहिरो खस्दा तीन जनाको घटनास्थलमै ज्यान गएको र अन्य तीन जना घाइते भएका हुन ।

मृत्यु हुनेमा टीकासिंहकी आमा ८६ वर्षीया कर्मिता, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया छोरी श्यामकला रहेका छन् । पहिरोमा परि घाइते हुनेमा टीकासिंह, उनकी पत्नी सुनमाया र ९ वर्षीय छोरा शक्तिमान रहेका छन । प्रदेश र गृह मन्त्रालयमा सम्पर्क गरेर उद्धार र थप उपचारका लागिहेलिकप्टर बोलाउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भयो ।

वर्षाले सडक अवरुद्ध भएकाले प्रहरी घटनास्थल हिँडेर पुगेका छन । प्रहरीलाई त्यहाँसम्म पुग्न करिब चार घण्टा लागेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस