जेठ ११, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन । थप संक्रमितमा ३१ जना महिला र ३१ जना पुरुष रहेका छन ।
तारकेश्वर नगर स्वास्थ्यका अनुसार कोरोनाको दोश्रो भेरियन्ट देखा परेपछि तारकेश्वरमा कुल १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तारकेश्वरमा हाल एक हजार १९२जना संक्रिय संक्रमित रहेका छन । जसमा ५२५ जना महिला र ६६७ पुरुष रहेका छन । कोरोनाको दोश्रो चरण पछि हालसम्म नगरपालिकामा कोरोना निको हुनेको संख्या १७० जना पुगेको छ ।
तारकेश्वर नगरपालिका वडा नं १ साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र (आइसाेलेसन केन्द्र) मा आजका दिनसम्म १४ जना काेराेना संक्रमित भर्ना भएका छन। जसमध्ये १ जनालाई प्रेषण (रिफर) र आजै २ जनालाई सुधारकाे अवस्थामा मुल्यांकन गरि घरमा पठाइएकाे छ। विभिन्न समस्याका बाबजुद बिरामीकाे सेवामा कुनै कमी हुन दिइएको छैन ।
काेराेना बिरामीका लागि अति आवश्यक औषधीहरु नि:शुल्क रुपमा प्रदान गरिनुका साथै नि:शुल्क खानपिनकाे व्यवस्था गरि तारकेश्वर नगरपालिकाले यस विषम परिस्थितीमा काेराेना पिडितहरुलाई राहत दिएकाे महसुस गरेको छ । नगरपालिकाले कोरोना भाइरस नियन्त्रण मा आगामी दिनमा पनि अझै तदारुकता देखाउदै आवश्यक पर्ने अक्सिजन,औषधी जन्य सामाग्रीहरुको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।
तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसगैं कुल मृत्यु हुनेको संख्या ३३ जना पुगेको छ ।