असार ९, रोल्पा। रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो ।
गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर, १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर मृत्यु भएको हो । ६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।