• २०८३ बैशाख १९ गते शनिवार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ गतेदेखि विक्री खुला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी १२ करोड ११ लाख ५० हजारको ३२ दशमलव ११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ६ हजार ५८ कित्ता अर्थात् जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गते रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस