• २०८३ बैशाख १४ गते सोमवार

स्थानीय तह निर्वाचनमा जुट्यो पोखरा काँग्रेस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, कास्की । नेपाली काँग्रेस पोखरा महानगरपालिका कार्यसमिति आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारीमा जुटेको छ । काँग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोला ‘विशाल’ले संयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गरी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाउने तयारी गरेको जानकारी दिए ।

कार्यसमितिले घोषणापत्र निर्माणमा राजनीतिक कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजिवीहरुको सक्रिय सहभागीताको अपेक्षा गरेको छ । महानगरका लागि आवश्यक योजनाबारे सुझाव दिन महानगरले आग्रह गरेको छ ।

काँग्रेसको सम्वन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेदवारको अन्तिम टुंगो नलगाएसम्म पार्टीको नाम जोडेर सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेदवारीको घोषणा नगर्न नगराउन पनि महानगर समितिले अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस