• २०८३ बैशाख १४ गते सोमवार

मेलम्चीको पानी आउने समय लम्बियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ७, काठमाडौँ। मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा परीक्षण गर्न आयोजनाले काठमाडौंमा पानी वितरण गर्न स्थगित गरेको थियो ।

तर, सोही दिन नै सिन्धुपाल्चोकस्थित आयोजनाको मुख्य बाँध स्थल अम्बाथानमा बाढी आएपछि भएको क्षतिले मेलम्चीको पानी ल्याउने निर्धारित समय लम्बिने देखिएको हो । सुरुङ परीक्षण तथा निरीक्षणका लागि भदौ मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी वितरण नहुने समितिले यसअघि नै सूचना जारी गरिसकेको थियो । मनसुन शुरू हुनासाथ नै मेलम्चीमा आएको बाढीपहिरोका कारण आयोजना स्थलमा क्षति पुगेपछि थप केही महीना पानी नआउने निश्चित भएको छ ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीपछिको अवस्थाले पहिले तोकिएको मितिमै पानी ल्याउन सकिने सम्भावना नभएको बताए । सडक विभाग, नेपाली सेना, स्थानीय सरोकारवाला निकायको सहयोग भएमा निर्धारित समयभन्दा केही महीना ढिलाइ भए पनि पानी ल्याउन सकिने उनको भनाइ छ ।

आयोजना स्थलमा क्षति भएका पूर्वाधारहरू सडक, क्याम्प, पुलहरू बनाउँदा मर्मत सम्भारले कति समय लिन्छ भन्ने कुराले पानी आउने आधार तय गर्नेछ,’ पन्तले भने, ‘क्षति भएका संरचनाहरू बनाउन थप २र३ महीना लाग्ने देखिन्छ किनभने भर्खर वर्षाको सिजन शुरू भएको छ र जोखिम कायमै छ ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस