• २०८३ बैशाख १६ गते बुधवार

मोरङमा टिपरले ठक्कर दिँदा धनकुटा कांग्रेस सचिव थापाको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, धनकुटा । मोरङमा टिपरको ठक्करबाट नेपाली कांग्रेस धनकुटाका सचिव कृष्ण थापाको निधन भएको छ। धनकुटाबाट झापा जाने क्रममा गएराति मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका-४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका-९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दीशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो। थापा चढेको मोटरसाइकल पनि त्यसरी नै सँगै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ। दुर्घटनामा परेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुर आफैंले चलाएका थिए । जिल्ला सचिव थापाको आजै मुलघाटस्थित तमोर नदिमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस धनकुटाले जनाएको छ। थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन्। शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस