• २०८३ जेष्ठ ५ गते मङ्गलवार

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं। भोलि सोमबार रातीबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको वेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । दिउँसो बस्ने बैठकले आर्थिक गतिविधि जलाएमान हुँने गरि निषेधाज्ञाको अवधि थप गर्ने छ ।

जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने निष्कर्षमा प्रजिअहरु पुगेका छन् । यसै गरि अवको थप निषेधाज्ञामा बैंक, बित्तीय क्षेत्र, फेन्सी, भाँडा पसल लगायत भीडभाड नहुँने थप व्यवसाय समय तोकेर चलाउन दिने तयारी भएको छ । यसै गरी निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन पाइने छ । सार्वजनिक सवारी साधन भने अबको थप निषेधाज्ञामा चल्न पाउने छैनन् ।

आर्थिक क्षेत्र चलाएमान हुने गरि थप क्षेत्रमा खुकुलो बनाइदैं विस्तारै कोरोना संक्रमणको जोखिम कम भएसंगै सवै क्षेत्र खुला हुने छ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् । विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन दिने तयारी गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस