असार ४, काठमाडाैं । तारकेश्वर नगरपालिका वडा नं. ३ तिनपिप्लेमा असार ५ गते रक्तदान कार्यक्रम हुने भएकाे छ । तारकेश्वर नगरपालिका वडा नं. ३ काे संयाेजनमा जय इन्द्रायणी साकाेस फुटुङ्ग र ब्लड डाेनर एसाेसिएसन नेपाल (ब्लाेदान) तारकेश्वर नगर समितीकाे सहयाेगमा रक्तदान कार्यक्रम हुन लागेकाे हाे ।

काेभिड १९ काे महामारीमा भएकाे रक्त अभावलाई मध्यजनर गर्दै तारकेश्वर नगरपालिकाद्वारा सबै वडाहरूमा रक्तदान कार्यक्रम आयाेजना गर्ने नगरपालिकाकाे उद्देश्य अनुरूप रक्तदान कार्य हुन लागेकाे हाे । आयाेजकले सबै रक्तदाताहरूलाई असार ५ गते शनिवारका दिन बिहान १० बजे देखि २ वजे सम्म तिनपिप्लेमा रक्तदान कार्यक्रम संचालन हुने भएकोले कार्यक्रममा उपस्थीत भई रगतदान गर्नुहुन अनुरोध गरेकाे छ ।