असार ४, दार्चुला । मार्मा गाउँपालिका-३ लटिनाथ बजारमा खुद्रा पसल गरी बस्ने सोही गाउँपालिका-४ घर भएका ४३ वर्षीय पदम बिष्टलाई करिब २८ ग्राम अबैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटीएको प्रहरीले उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।