• २०८३ असार १२ गते शुक्रवार

हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, मोरङ । कानेपोखरी गाउँपालिका-२ बस्ने ३० वर्षीया सरिता सोरेन बास्केको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ डेरा गरी बस्ने ३२ वर्षीय सुफल हस्दालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख १८ गते राति रतुवामाई नगरपालिका-४ सिङगारीस्थित मकैबारीमा सरिता मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुफलको संलग्नता देखिएपश्चात उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो । उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस